रबि लामिछानेको चालकको आज अन्तेष्टी

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २० बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालक शम्भु थापाको आज अन्त्येष्टि गरिदैछ ।

लामिछानेका प्रमृुख सहयोगी दीपक बोहराका अनुसार थापाको बिहान १० बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिन लागिएको हो । चालक थापाको मंगलबार मेडिसिटी अस्पतालमा मृत्यु भएको थियो।

सभापति लामिछाने चुनावी प्रचार क्रममा चितवन पुगेका थापा वैशाख ४ गते छतबाट खसे पछि हेलिकप्टरबाट काठमाडौं ल्याएर मेडिसिटीमा उपचार सुरु गरिएको थियो । चालक थापाको झन्डै डेढ महिना देखी भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्