बर्दियामा १७ वर्षीया किशोरी बलात्कृत

न्युज कारखाना
  • ख-
  • ख+

बर्दिया, १७ वैशाख ।  बर्दियाबाट १७ वर्षीया किशोरी बलात्कृत भएकी छन् । १७ वर्षीया किोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा राजापुर नगरपालिका-१ बस्ने २४ वर्षीय सरोज चौधरीलाई प्रहरीले आइतबार बिहान पक्राउ गरेको छ ।

गेरूवा गाउँपालिका-३ वालुवाटारस्थित निर्माणाधीन घरमा ती किशोरीलाई सरोजले गएराति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय पाताभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्