पालिका अध्यक्षको छोरा नै ठगीधन्दामा संलग्न

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ । नवलपरासीको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी देवी पाण्डेका छोरा रमेशले फिनल्याण्डमा नेपाली विद्यार्थीलाई ठगी गरेको खुलासा भएको छ । विद्यार्थी भिसामा बोलाएर पछि वर्किङ भिसामा काम दिलाइदिने भन्दै विभिन्न व्यक्तिबाट लाखौँ रुपैयाँ ठगी गरेको खुलासा भएको हो ।

एनआरएन नेशनल कोअर्डिनेसन काउन्सिल फिनल्याण्डले सचेत रहन भन्दै उनको बारेमा सूचना नै जारी गरिसकेको छ । पाण्डेका छोरा रमेश फिनल्याण्डमा बस्दै आएका छन् । त्यहीँ बसेर उनले नेपालबाट विद्यार्थीहरूलाई फिनल्याण्ड लैजाने गरेका छन् ।

जबकि विदेशमा पढ्नका लागि कन्सल्टेन्सीमार्फत मात्र जान पाइन्छ । गैर कानुनी रूपमा नेपालीहरूलाई फिनल्याण्ड बोलाउने र उनीहरू वर्किङ भिसाको प्रलोभन देखाएर ठगी गर्ने गरेको पाइएको हो ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्