प्रतिनिधिसभा विघटनको निर्णय प्रतिगामी हो : अध्यक्ष प्रचण्ड

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, असोज १
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा विघटनको निर्णय प्रतिगामी भएको बताउनुभएको छ ।

प्रचण्डले संविधानमा हुँदै नभएको अधिकार सदनभित्रबाट अर्को सरकार बन्ने सम्भावना भएसम्म सदन विघटन गर्न पाइदैन भनेर संविधानमा नै व्यवस्था गरेको भन्दै प्रतिनिधिसभा विघटनको निर्णय प्रतिगामी भएको बताउनुभएको हो । शनिबार प्रतिनिधिसभाको अन्तिम बैठकमा बोल्दै प्रचण्डले यसअघि प्रतिनिधिसभा बिघटनपछिको निर्वाचन र अहिलेको निर्वाचन फरक भएको जिकिर गर्नुभयो ।

प्रचण्डले निर्वाचन घोषणा गर्ने व्यवस्थालाई प्रतिगमन नभनेको र प्रतिनिधिसभा बिघटन गरेको कामलाई मात्रै प्रतिगमन भनेको धारणा राख्नुभयो । उहाले पार्टीको बिबादलाई लिएर संसद नै बिघटन गर्ने अधिकार केपी ओलीलाई कसले दियो भन्दै प्रश्न गर्नुभयो ।

प्रचण्डले अहिलको सदन जसरी अघि बढ्नु पथ्र्यो, त्यस्तो हुन नसकेको बताउनुभयो । जनताले सडकबाट आवाज उठाएर सदन पुनर्जिवित गर्न सहयोग गर्ने सवैप्रति आभार व्यक्त गर्नुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्