तालिवानले मारयो, अमेरिकी सेना फिर्तीको दिन काबुलमा बिष्फोट गराउने आइएसआईएसका नेता

खबर बुक
  • ख-
  • ख+

काबुल, १३ बैशाख । काबुल अन्तर्राष्ट्रिय बिमानस्थलममा २०२१ को आत्मघाती बम विष्फोटको गराउने आइएसआईएसका नेता मारिएका छन् ।

तालिवान सरकारले आइएसआईएसका ती नेतालाई मारेको सिएनएनले जनाएको छ। उसका अनुसार तालिवान प्रशासनले आइएसआईएसका ती नेताको नाम भने अझै सार्वजनिक गरेको छैन् ।

अफगानिस्तानबाट अमेरिकी सेना फिर्तीको अन्तिम दिनमा उनको निर्देशनमा भएको आत्मघाती बिष्फोटमा परी १३ अमेरिकी सैनिक तथा १७० भन्दा बढी अफगान नागरिकले ज्यान गुमाएका थिए ।

अमेरिकाका रणनीतिक संचारका लागि राष्ट्रिय सुरक्षा परिषद्का संयोजक जोन किर्बीले उनको मृत्यु भएको पुष्टी गरेका छन । ‘आज भयानक आक्रमणको मास्टरमाइन्ड भएको आतंककारीलाई तालिवान सरकारले मारेको खबर छ’ उनले भने ।

तर, किर्बीले तालिबानले आइएसआईएसका नेतालाई कहिले मारे ? भन्ने बारेमा कुनै जानकारी भने दिएनन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्