अमेरिकी राष्ट्रपति वाइडेनद्धारा पुनः चुनाव उठने घोषणा

खबर बुक
  • ख-
  • ख+

न्युयोर्क । अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपति पदमा पुनः प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन्।

यसअघि डोनाल्ड ट«म्पलाई पराजित गर्दै अमेरिकाका राष्ट्रपति भएका वाइडेन पुनः दोस्रो कार्यकालका लागि प्रतिस्पर्धामा उत्रने घोषणा गरेका हुन ।

उम्मेदवारी घोषणा गर्दै राष्ट्रपति वाइडेनले जारी गरेको भिडियो सन्देशमा आफ्नो उम्मेदवारी लोकतन्त्रको रक्षा र व्यक्तिगत स्वतन्त्रताका लागि हुने बताएका छन्। चार वर्षअघि चुनाव लड्दा आफूले अमेरिकी आत्मा जोगाउन लागि परेको जनाउँदै वाइडेनले अझै पनि पनि सो लडाइँ जारी रहेकाले आफु पुनः नेतृत्वमा आउन चाहेको बताएका छन । उनका अनुसार दोस्रो कार्याकालमा सो कामले पूर्णता पाउने उनको भिडियो सन्देशमा उल्लेख छ ।

आगामी वर्ष हुने राष्ट्रपतीय निर्वाचनका लागि पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले पनि उम्मेदवारी घोषणा गरिसकेका छन्। गत राष्ट्रपति निर्वाचनमा उनी वाइडेनसँग पराजित भएका थिए ।  आ–आफनो पार्टीबाट मनोनयन जित्न सकेमा २०२४ को नोभेम्बरमा हुन निर्वाचनमा दोस्रो पटक बाइडेन र ट्रम्प बिच पुनः प्रतिस्पर्धा हुनेछ ।

दोस्रो पटक पुनः प्रतिस्पर्धामा उत्रन लागेका ८० वर्षीय बाइडेन अमेरिकी इतिहासकै सबैभन्दा वृद्ध राष्ट्रपति हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्