प्रिमियम लिगः लिडस र लेस्टर सिटी बराबरीमा टुंगिए, बाँडे अंक

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १३ बैशाख । लिड्स युनाइटेड र लेस्टर सिटीले बराबरी खेल खेलेका छन् । इंगलिस प्रिमियम लिगको जारी खेलमा लिडस र लेस्टर सिटीले १–१ को बराबरी खेल खेलेर अंक बाडेका छन ।

लिड्सका लुइस सिनिसटेराले सुरूवाती गाेल गरेर १–० काे अगता दिलाएका थिए तर लेस्टरका जेमी भार्डीले गोल फर्काए पछि खेल बराबरीमा टुंगिन पुग्याे ।

यस बराबरीसँगै १६औं स्थानमा रहेको लिड्सको ३३ खेलबाट ३० अंक बटुलेको छ भने समान खेलबाटै २९ अंक जोडेको लेस्टर १७औं स्थानमा छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्