आज रातीवाट उपनिर्वाचनको मौन अबधि सुरु, प्रचार प्रसारमा रोक

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, ७ बैशाख । आज रातीवाट उपनिर्वाचनको मौन अवधि सुरु हुदैँछ । बैशाख १० गते हुन गईरहेको उपनिर्वाचनका लागि आज राति १२ बजेबाट मौन अबधि सुरु हुन लागेको हो ।

निर्वाचन आयोगका अनुसार उपनिर्वाचन प्रयोजनका लागि कुनै पनि खाले प्रचारप्रसार गर्न  आज राति १२ बजेबाट पाइने छैन र प्रचार प्रसार गरेको पाईएमा कारबाही हुनेछ ।

आगामी बैशाख १० गते बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा उपनिर्वाचन हुँदै छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्