काठमाडौं, ६ वैशाख । एसीसी मेन्स प्रिमियर कपमा ओमानले विजयी सुरुवात गरेको छ ।
आज भएको खेलमा ओमानले कतारलाई ४० रनले हरायो । ओमानले दिएको २ सय ५० रनको लक्ष्य पछ्याएको कतार ४७ ओभर २ बलमा २ सय ९ रनमा अलआउट भयो । यसअघि मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ४९ रन बनायो । यो जितसँगै समूह ’ए’ मा रहेको ओमानले महत्त्वपूर्ण २ अङ्क जोडेको छ ।
यस्तै,आजै भएको अर्को खेलमा यूएईले विजयी सुरुवात गरेको छ । युएईले कुवेतलाई १ सय ४३ रनले हरायो । यूएईले दिएको ३ सय ७२ रनको विशाल लक्ष्य पछ्याएको कुवेत ३६ ओभर ३ बलमा २ सय २८ रन बनाउँदा अलआउट भयो । यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा छ विकेट गुमाएर ३ सय ७१ रन बनायो ।
यो जितसँगै समूह ’बी’ मा रहेको यूएईले महत्त्वपूर्ण २ अङ्क जोडेको छ । एसीसी प्रिमियर प्रतियोगिताको विजेता टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । शीर्ष तीन टोलीले जुलाईमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछ ।











