२४ घण्टामा १ सय ८ जनामा काेराेना सङ्क्रमण

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ६ वैशाख । पछिल्लो २४ घण्टामा एक सय आठ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । दुई हजार चार सय ५० जनाको नमुना परीक्षण गर्दा एक सय आठ जनामा कोरोना सङ्क्रमण देखिएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा ६६ जना सङ्क्रमित निको भएका छन् । अब नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या तीन सय ८६ जना पुगेको छ । अहिले काठमाण्डौ उपत्यकाका संस्थागत आइसोलेशनमा २९ जना, आईसीयूमा सात जना र भेन्टिलेटरमा तीन जनाले उपचार गराइरहेका छन् ।

यसैबीच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमण देखिएमा सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न आग्रह गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्