त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार बिहान १ बजेदेखि ७ बजेसम्म उडान–अवतरण नहुने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ६ वैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बिहीबार (वैशाख ७ गते) ६ घण्टा उडान अवतरण सेवा बन्द हुने भएको छ ।

विमानस्थलका अनुसार बिहीबार बिहान १ बजेदेखि ७ बजेसम्म विमानस्थलमा आन्तरिक तथा अन्तर्राष्ट्रिय वायुयान उडान सेवा बन्द रहने जनाएको हो विमानस्थल कार्यालयले एक सूचना प्रकाशित गरी अनलाइन यूपीएस जडान गर्दा विद्युत् आपूर्ति अवरुद्ध हुने भएकोले उडान अवतरण बन्द रहने जनाएको छ । उक्त सुचना अनुसार उडान गर्ने यात्रुले आफ्नो वायुसेवा कम्पनीसँग सम्पर्क गरी व्यवस्था मिलाउन समेत विमानस्थलले यात्रुलाई अनुरोध गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्