मिटरब्याज पीडित र प्रहरीबीच भएकाे झडपबारे अध्ययन गर्न समिति गठन

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ५ वैशाख । सरकारले मिटरब्याज पीडित र प्रहरीबीच हिजाे भएको झडपबारे अध्ययन गर्न काठमाण्डाैका सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीको संयोजकत्वमा एक अध्ययन समिति गठन गरेको छ ।

पाण्डेको संयोजकत्वमा बनेको समितिमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र मन्त्रालयको एक/एक जना प्रतिनिधि छन् । समितिलाई झडपकाे सत्य/तथ्य पत्ता लगाई प्रतिवेदन बुझाउन पाँच दिनकाे समय दिइएकाे छ ।

सरकारले यसअघि तराईबाट पैदलै काठमाण्डाै आएका मिटरब्याजी पीडितसँग एउटा सहमति गरी कानुन संशोधनको प्रक्रिया अघि बढाइसकेको र आयोग बनाएर आवश्यक अध्ययन अनुसन्धान थालिसकेको अवस्थामा त्यो सम्झौता अपूरो भएको भन्दै पुनः अर्काे समूह आएर आन्दोलन थालेको थियो ।

उनीहरूले सरकारसँग छ बुँदे माग राख्दै वार्तासमेत गरे पनि सहमति हुन नसकेपछि शान्तिवाटिकामा बसेर आन्दोलन गरिरहेका थिए । त्यही क्रममा सोमवार घटना भएको थियो । सोमबार भएको झडपमा प्रहरीतर्फ आठ जना र पीडिततर्फ २० जना घाइते भएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्