शताब्दी पुरूष सत्यमोहनकी पत्नी राधादेवी जोशीको निधन

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २ वैशाख । शताब्दी पुरूष सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीको निधन भएको छ।

ललितपुरको किस्ट अस्पतालमा उपचारका क्रममा शनिबार बिहान उनको निधन भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि गत १६ चैतमा अस्पताल भर्ना भएकी उनको सय वर्षको उमेरमा शनिबार बिहान ५ः५६ बजे निधन भएको अस्पतालले जनाएको छ । गत ३० असोजमा शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्