काठमाडौं, बैशाख १ । काठमाडौं महानगरपालिकाले आजदेखि पूर्णरूपमा अनलाइन नक्सापास प्रणाली सुरूआत गरेको छ।
शुक्रबारदेखि महानगरले पूर्णरूपमा अनलाइन नक्सापास प्रणाली सुरूआत गरेको महानगरपालिकाका मेयर बालेन शाहले जानकारी दिए।
यस्तै, विद्युतीय प्रणाली भए पनि ट्र्याकिङमात्र हुने सिस्टम पहिले रहेको उनले बताए। जसका कारण हरेक कार्यालयमा गएर काम गर्नुपर्ने झन्झट भएको उनी बताउँछन्।
पाँच हजार वर्ग फिटसम्मको नक्सा पास वडाबाटै हुने उनले बताए।










