क्रिश्चियन महिलासँग बोलेको भन्दै मुस्लिम युवामाथी कुटपिट

खबर बुक
  • ख-
  • ख+

नयाँदिल्ली, २४ चैत । क्रिस्चियन महिलासँग बोलेको भन्दै एक भारतीय मुस्लिम युवकमाथि कुटपिट भएको छ ।

दक्षिण भारतको कर्नाटकको मेंगलुरुमा मुस्लिम युवकमाथि कुटपिट भएको हो । कुटपिटमा संलग्न चार जनालाई गिरफ्तार गरिए पछि यो घटना बाहिर आएको हो ।बिविसिका अनुसार गत मंगलवार ती मुस्लिम युवकमाथि कर्नाटकको बेलतांगडीमा कुटपिट भए पछि प्रहरीले कुटपिटमा संलग्नहरुको खोजी गरेको थियो ।

बिबिसीका अनुसार गाडीमा बसेकी क्रिस्चियन महिलासँग ती युवकले बोलेको र सोही गाडीमै नै सवार रहेका चारजना युवकहरुले उनी माथी कुटपिट गरेका थिए । सो कुटपिटमा संलग्न रहेको आरोपमा कर्नाटक प्रहरीले दिनेश, नितेश, अविनाश र सचिन नामक युवालाई पक्राउ गरेका छ । प्रहरीका अनुसार कुटपिटमा संलग्न युवाहरु ती क्रिस्चियन महिलाकै चिनजानका व्यक्ति भएको जनाईएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्