राहुल र प्रियंका गान्धीलाई भेटेपछि सिद्धुले भने, ‘एक इन्च पनि पछि हटिदैन्’

खबर बुक
  • ख-
  • ख+

नयादिल्ली, २४ चैत । ३५ वर्ष पुरानो रोड रेज मुद्दामा जेलबाट बाहिर आएका नवजोत सिंह सिद्धुले बिहीबार राहुल गान्धी र पार्टी महासचिव प्रियंका गान्धीसँग भेट गरेका छन् ।

सो भेट पछि सिद्धुले भनेका छन कि उनलाई फेरी पनि जेलमा हाल्न सकिएला,  धम्की दिन सकिएला तर पञ्जाब र पार्टीका नेताहरूको बारेमा आफ्नो संकल्पबाट भने पछि हट्ने छैन ।

सिद्धुले राहुल र प्रियंकासँगको भेटको तस्विर ट्वीट गर्दै भनेका छन्,  ‘नयाँ दिल्लीमा गुरु राहुल जी र मित्र दार्शनिक प्रियंका गान्धीलाई भेटे। तिमी मलाई जेलमा हाल्न सक्छौ, डराउन सक्छौ। तपाई मेरो सबै खाताहरू ब्लक गर्न सक्नुहुन्छ तर पञ्जाब र मेरा नेताहरूको लागि मेरो संकल्प एक इन्च पनि पछि हट्ने छैन।’

भारत सरकारले बिपक्ष दलका नेता राहुल गान्धी माथी धरपकड गरेको भाष्य निर्माण भइरहेको बेला सिद्धुको यो टविटको राजनीतिक अर्थ रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

स्मरण रहोस् कि सिद्धु सन् १९८८ को रोड रेज मामिलामा १ अप्रिलमा पटियाला जेलबाट रिहा भएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्