रामेछापमा जीप दुर्घटना : एक जनाको मृत्यु, सात घाइते

न्युज कारखना
  • ख-
  • ख+

रामेछाप, १८ चैत ।   रामेछापको खाँडादेवि गाउँपालिका–१ डाँडागाउँमा आज जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । सात जना घाइते भएका छन् ।

खाँडादेवी गाउँपालिका–२ दिमीपोखरीबाट काठमाण्डौका लागि छुटेकाे बा १६ च ३२२५ नम्बरको जीप खाँडादेवि–१ डाँडागाउँमा दुर्घटनामा परेको हो । दुर्घटनामा बाेलेराे चालक खाँडादेवि गाउँपालिका–७ का ३३ वर्षका कालुमान तामाङको घटनास्थलमै ज्यान गएकाे छ।

यस्तै, खाँडादेवि गाउँपालिका–७ का ३७ वर्षका रुपसिंह तामाङ, २३ वर्षकी सुष्मा तामाङ र उहाँका छोरा १० वर्षका नेस्नल तामाङ, ३३ वर्षकी सविना तामाङ र उहाँकी छोरी ७ वर्षकी कुुइन तामाङ, ४२ वर्षका दिनेश श्रेष्ठ र एक जना जापानका नागरिक ४३ वर्षकी सातो काजुभी घाइते भएका छन् ।

घाइतेहरुलाई उपचारका लागि काभ्रेको धुलिखेल अस्पताल लगिएकाे छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्