आजको मौसम: आज पनि पानी पर्ने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १७ चैत । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो  देशभर सामान्य देखि पूर्ण बदली रहने छ।  देशका पहाडी भू–भागका थोरै स्थानहरुमा साथै तराई भू–भागका एक दुई स्थानमा  मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती भने देशभर सामान्य बदली रहने छ। कोशी र मधेश प्रदेशसहित देशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी तराईका एक दुई स्थानमा  मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन र चट्याङ्ग तथा  हावाहुरीबाट हुन सक्ने क्षति बाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्