जसपाबाट मन्त्री छनोट गर्ने जिम्मा अध्यक्ष यादवलाई

न्युज कारखना
  • ख-
  • ख+

काठमाडौं, १६ चैत ।   जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा पठाउने मन्त्रीको नाम छनोट गर्ने जिम्मा अध्यक्ष उपेन्द्र यादवलाई दिएको छ ।

आज बसेको बैठकले अध्यक्ष यादवलाई नै सरकारमा सहभागी हुने मन्त्रीको नाम छनोट गर्ने जिम्मेवारी दिएको हो । मन्त्रीको नाम छनोट गर्दा सन्तुलन मिलाउन पनि आग्रह गरिएको छ ।

विस्तार हुन लागेको मन्त्रिपरिषद्‌मा जसपाले दुईवटा मन्त्रालय पाएको छ । जसपाको भागमा शिक्षा र कृषि मन्त्रालय परेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्