वर्तमान सरकारले व्यक्तिगत हितको लागि काम गरेको एमाले अध्यक्ष ओलीको आरोप

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, चैत्र १६ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले देश र जनताको हितभन्दापनि आफ्नो व्यक्तिगत हितको लागि काम गरेको आरोप लगाउनुभएको छ ।

रिपोटर्स क्लव नेपालले आफ्नो रजत महोत्सवका अवसरमा बिहीबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा ओलीले अहिले देश निकै जटिल अवस्थामामा पुग्दा वर्तमान सरकारले व्यक्तिगत हितको लागि काम गरेको आरोप लगाउनुभएको हो ।

उहाले सरकारको क्रियाकपालकै कारण मुलुकको राजनीति छताछुल्ल, भताभुंग भएको र अविश्वासको चक्र बढ्दै गएको उल्लेख गर्नुभयो । नेपालमा हुने चूनावमा कसलाई जिताउने वा हराउने भन्ने खेल बाहिरबाट हुने गरेको भन्दै उहाले अहिले मुलुकको सार्वभौमसत्ता कमजोर बनेको टिप्पणी गर्नुभयो । ओलीले निकट भविष्यमा प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जान लागेको भन्दै भौगोलिक अखण्डता र सीमा अतिक्रमणको विषयमा बोल्न सुझाव दिनुभयो ।

साक्षात्कारमा ओलीले फागुन १ गते हिंसा दिवस भएको भन्दै त्यसलाई राष्ट्रिय उत्सवका रुपमा बिदा दिन उचित नभएकाले क्यालेण्डरबाट हटाउने चेतावनी दिनुभयो । संक्रमण न्यायसम्बन्धी कानूनलाई छलफलबाटै टुङ्गाउनुपर्ने उल्लेख गर्दै ओलीले बहुमतका आधारमा अघि बढाउन खोजे एमालेले विरोध गर्ने स्पष्ट पार्नुभयो ।

ओलीले मिटरब्याज पीडितहरुको बारेमा सरकारको ध्यानाकर्षण गरेको जानकारी दिदै मिटरब्याजीहरुलाई कारबाही गर्न सरकार अग्रसर हुनुपर्ने धारणा राख्नुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्