एकीकृत समाजवादीको सचिवालय बैठक आह्वान

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १४ चैत । मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेका सत्तारुढ गठबन्धन आवद्ध दल एकीकृत समाजवादी पार्टीले केन्द्रीय सचिवालयको बैठक आह्वान गरेको छ । मंगलबार  मध्यान्ह १२ बजे पार्टी कार्यालयमा बस्नेगरी सचिवालयको बैठक बोलाइएको हो ।

यसअघि बिहान एकीकृत समाजवादीका नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका थिए ।  बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा  प्रधानमन्त्री प्रचण्डसँग भएको भेटमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, महाससचिव घनश्याम भुसाल, उपमहासचिव प्रकाश ज्वाला सहभागी थिए ।

प्रधानमन्त्रीसँगको भेटपछि बोलाइएको सचिवालय बैठकमा पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको विषयमा आवश्यक निर्णय लिइनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्