निमोनियाले सिकिस्त बालकलाई आर्थिक सहयोग 

खबर बुक
  • ख-
  • ख+

खोटाङ, २९ भदौ।। निमोनियाले सिकिस्त बिरामी भएपछि अस्पताल पुर्‍याइएका बालकलाई आर्थिक सहयोग जुटेको छ ।
बिरामी परेपछि शुभेच्छुक तथा जिल्ला अस्पतालको सहयोगमा कान्तिबाल  अस्पताल पुर्‍याइएका दिप्रुङ चुईचुम्मा गाउँपालिका–३ छोरम्बुका १६ महिने बालक रेवन राईलाई ६२ हजार ३०० रुपैयाँ सहयोग जुटेको हो ।
पत्रकार कृष्णकला राईको पहलमा ६ दाताबाट २२ हजार ३०० सहयोग जुटेको हो । संकलित रकम किशोर राईको नाममा आइएमई गरेर पठाइएको पत्रकार राईले बताईन् ।

 यस्तै, प्रतिनिधिसभा सांसद हिरा गुरुङले १ हजार, कांग्रेस केन्द्रीय सदस्य सरस्वती बजीमयले ३ हजार, साकेला गाउँपालिका अध्यक्ष रबिप्रकाश राईले १ हजार, दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले १० हजार, कांग्रेस नेता धर्मराज पोखरेलले ४ हजार, दिप्रुङ चुईचुम्मा गाउँपालिकाका निवर्तमान गाउँपालिका उपाध्यक्ष सपना राईले ३ हजार र दिप्रुङ चुईचुम्मा गाउँपालिका–३ छोरम्बुका वडाध्यक्ष भूपेन्द्र बस्नेतले १० हजार गरी ४० हजार सहयोग जुटेको छ ।

दलका नेता, जनप्रतिनिधि एबं समाजसेबीले सोमबार अस्पतालमै पुगेर सहयोग रकम हस्तान्तरण गरेका हुन् । हाल दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खा बस्दैआएका रोजन राई र मनिला राईको दोश्रो सन्तान रेवनलाई आइतबार राति कान्तिबाल  अस्पताल लगिएको थियो ।

श्वास फेर्न गार्‍हो भएपछि र औषधिले स्वास्थ्यमा सुधार नभएपछि अस्पतालले बालकलाई तत्काल अन्यत्र लैजान रिफर  गरेको थियो । आर्थिक अभावमा दिनभर जिल्ला अस्पतालमै अल्झिएका बालकलाई राति काठमाडौं पठाइएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्