थप ३ जनामा कोरोना संक्रमण

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, ६ चैत । देशभर थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १८६१ जनाको नमूना परीक्षण गरिएको थियो ।

२०३ जनाको पीसीआर र १६५८ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोमबार देशभर २ जना संक्रमण मुक्त भएका छन् भने १८ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्