तालिवान सरकारद्वारा उच्च पदस्थ व्यक्तिका आफन्तलाई सरकारी पदबाट हट्न आदेश

खबर बुक
  • ख-
  • ख+

अफगानिस्तान, ६ चैत । तालिवान सरकारले सरकारी पदमा रहेका उच्च पदस्थ व्यक्तिहरुका आफन्त र नातागोतालाई तत्काल हट्न आदेश दिएको छ ।

पाकिस्तानको पेशावरस्थित अफगान इस्लामिक प्रेसले सरकारी पदमा उच्च पदस्थ ब्यक्तिहरुको आफान्त र नातागोता रहेको सार्वजनिक गरे पछि तालिवान सरकारले सो आदेश जारी गरेको हो ।तालिवानका नेता हिबतुल्लाह अखुन्दजादाले तत्काल उनीहरुलाई हट्न आदेश दिएको जानकारी दिएका हुन । उनका अनुसार पहुँचका आधारमा सरकारी पदहरुमा अनुभवहीन व्यक्तिहरुको प्रवेश भएकाले तत्काल हट्न आदेश दिइएको छ ।

डेढ वर्षदेखि तालिवानको शासनमा रहेको अफगानिस्तानमा आर्थिक संकटका कारण मानवीय संकट पनि उत्पन्न भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्