मकवानपुरको मनहरीमा बस दुर्घटना : १४ घाइते, तीनको अवस्था गम्भीर

न्युज कारखना
  • ख-
  • ख+

मकवानपुर, २ चैत । मकवानपुरको पश्चिमी क्षेत्रमा पर्ने मनहरी गाउँपालिकामा बस दुर्घटना भएको छ । दुर्घटनामा परी १४ जना घाइते भएका छन् ।

घाइतेमध्ये ३ जनाको अवस्था जटिल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार घाइते सबैलाई उपचारका लागि चितवनस्थित भरतपुर अस्पताल पठाइएको छ ।

पूर्व-पश्चिम राजमार्गअन्तर्गत मनहरी–६, नयाँ बस्तीमा चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ना७ख १३२६ नम्बरको यात्रुबाहक बस बिहीबार अनियन्त्रित भएर सडकबाट करिब २५ फिट तल खसेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्