अवको पाँच बर्ष जनताको अपेक्षा पुरा गर्नका लागि एकीकृत सोचका साथ अघि बढ्नुपर्नेमा कांग्रेसका महामन्त्री शर्माकाे जाेड

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ३० फागुन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अवको पाँच बर्ष जनताको अपेक्षा पुरा गर्नका लागि एकीकृत सोचका साथ अघि बढ्नुपर्ने बताउनुभएको छ ।

नेपाल टे«ड युनियन कांग्रेसले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा शर्माले पाँच बर्षसम्म संसदलाई बिघटित नहुनेगरि गठबन्धन दलहरु जनताको अपेक्षा पुरा गर्न एकीकृत रुपमा अघि बढ्नुपर्ने बताउनुभएको हो । उहाले मुलुकलाई स्थीरता राखेर नै मुलुकको बिकासको आकांक्षा पुरा हुने जिकिर गर्नुभयो । अहिले राजनीतिमा देखिएका बितृष्णा, अर्थतन्त्रका समस्याहरु, व्यवसायीहरुको पिडा लगाएत मुलुकमा देखिएका नकारात्मक संकेतहरुलाई राज्यले उचित सम्बोधन गर्नुपर्ने उहाले बताउनुभयो । उहाले अहिले बाहिर हल्लाचलेजस्तो मुलुकको आर्थिक अवस्था धेरै नराम्रो नरहेको धारणा राख्नुभयो ।

महामन्त्री शर्माले अव मुलुकको आर्थिक अवस्था सुधार गर्नका लागि व्यापार घाटा नियन्त्रण तर्फ ध्यान केन्द्रति गर्नुपर्ने बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्