मानव विकास सूचकाङ्कमा नेपाल १ सय ४३ औं स्थानमा

खबर बुक
  • ख-
  • ख+

मानव विकास सूचकाङ्कमा नेपाल १ सय ४३ औं राष्ट्रमा परेको छ ।

सन् २०२०÷२१ मा नेपालको स्थान १ सय ४२ औं स्थानमा थियो ।

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम युनडिपीले विश्वभरका १ सय ९१ वटा देशहरुको मानव विकास प्रतिवेदन सार्वजनिक गर्दै नेपाल १ सय ४३ औं स्थानमा रहेको उल्लेख गरेको छ ।

प्रतिवेदन अनुसार नेपालले ०.६०२ अङ्क हासिल गर्दै १ सय ४३ औं स्थानमा रहेको हो ।

प्रतिवेदन अनुसार विश्वभर नै मानव विकास सुचकाङ्क ओरालो लागेको छ ।

युएनडीपीले सूचकाङ्कलाई ४ भागमा विभाजन गरेको छ ।

जसमा न्युन, मध्यम, उच्च र धेरै उच्च छन् । जसमा नेपाल मध्यमस्तरमा रहेको देखिएको छ ।

सन् २०२१÷२२ मा विश्वभर नै मानव विकासमा गिरावट आएको प्रतिवेदनमा उल्लेख छ । सन् १९९० मा नेपालले ०.३९९ मात्र अङ्क पाएको थियो ।

३१ वर्षको अन्तरालमा नेपालले मानव विकास सुचकाङ्कमा ५०.९ प्रतिशत सुधार गरेको प्रतिवेदनमा उल्लेख छ । यसैगरी नेपालीहरूको औसत आयू ६८.४ वर्ष रहेको पनि प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनले नेपालमा धनी र गरिबबीचको दूरी समेत बढ्दै गएको देखाएको छ । नेपालीहरूको प्रतिव्यक्ति खुद राष्ट्रिय आय वर्षको ३८ सय ७७ डलर रहेको पनि प्रतिवदेनमा उल्लेख छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्