पाकिस्तानलाई सहयोग गर्ने सरकारको निर्णय

खबर बुक
  • ख-
  • ख+

सरकारले बाढी प्रभावित देश पाकिस्तानलाई सहयोग गर्ने निर्णय गरेको छ ।

गृह मन्त्रालयले एक विज्ञप्ति मार्फत पाकिस्तानलाई २ करोड बराबरको राहत सामग्री सहयोग गर्ने निर्णय भएको जानकारी दिएको हो ।

बाढीबाट प्रभावितहरूको लागि नेपाल सरकारको तर्फबाट सहायता स्वरुप पाकिस्तान सरकारलाई २ करोड रूपैयाँ बराबरको राहत सामग्रीहरू प्रदान गर्ने मन्त्रिपरिषद् निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।

सरकारले पाकिस्तानमा आएको बाढीबाट धनजनको क्षतिप्रति दुःखसमेत व्यक्त गरेको छ ।

सरकारले उक्त विपदमा परि मृत्यु हुनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना र घाइतेहरूको स्वास्थ्यलाभको कामना समेत गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्