सिन्धुलीमा बस दुर्घटना : ५ जनाको मृत्यु, उद्धार कार्य जारी

खबर बुक
  • ख-
  • ख+

सिन्धुली, २८ फागुन । सिन्धुलीको फिक्कल गाउँपालिकामा यात्रुबहाक बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । फिक्कल गाउँपालिका–४ कुइभिरमा बस दुर्घटना हुँदा दुई पुरुष र तीन महिलाको मृत्यु भएको फिक्कल गाउँपालिकाकी अध्यक्ष पार्वती सुनारले जानकारी दिइन् ।

उनका अनुसार ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको बा २ ख ६५९६ नम्बरको बस दुर्घटना परेको हो । अहिले पनि उद्धार कार्य चलिरहेको जानकारी दिएकी उनले २५ जना घाइतेको उद्धार गरेर घुर्मी र खुर्काेटसहितका अस्पतालमा उपचारका लागि पठाइएको बताइन् ।

‘ओखलढुंगाबाट आएको बस रहेछ । ओरालो ठाउँमा भएकाले ब्रेक नलागेको हुन सक्ने अहिले अनुमान गरिएको छ,’ उनले भनिन्, ‘केही शव हुन सक्ने आशंका गरिएको छ । अहिले पनि उद्धार कार्य चलिरहेको छ ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्