सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको बैठक आज बिहान पनि बस्दैछ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार भएको छलफलमा सिट बाँडफाँटमा औपचारिक सहमतिको कार्यविधि तयार गर्न शीर्ष नेताहरूको बैठक बस्न लागेको हो ।
एकीकृत समाजवादीका नेता झलनाथ खनालले आइतबार सिट बाँडफाँडका लागि गठित कार्यदलले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल भएको जानकारी दिनुभयो ।
कार्यदलले गरेको रिपोर्टिङका आधारमाआजको छलफलमा यी सबै विषयमा टुंगोमा पुग्ने उहाकाे भनाइ छ ।