काठमाडौं, फागुन १७ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले समृद्धि र विकासका लागि सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।
दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा सभामुख घिमिरेले व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन हुन नसकेको बताउँदै समृद्धि र विकासका लागि सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो । उहाले राज्य संचालनका अंगहरुलाई क्रियाशिल बनाउनका लािग पनि सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।
उहाले सञ्चारसँग सम्बन्धित कानून निर्माणमा पत्रकारसँग छलफल गर्ने प्रतिबद्धता जनाउनुभयो । सभामुख घिमिरेले नेपाली सञ्चार माध्यममा खोजी रिर्पोटिङको अभाव रहेको बताउँदै सञ्चार क्षेत्रमा हुने गरेका गलत क्रियाकलाप निरुत्साहित गर्न स्वयं पत्रकारहरुको भूमिकाले निर्धारण गर्ने धारणा राख्नुभयो । कार्यक्रममा इन्जाले हरेक वर्ष प्रदान गर्दै आएको खोजी पत्रकारिता पुरस्कार यस वर्ष पत्रकार मातृका दाहाल र तारा वाग्लेलाई प्रदान गरिएको छ ।
त्यस्तै इन्जा बौद्धिक पत्रकारिता पुरस्कार जगत नेपाल र माधवप्रसाद तिवारीलाई प्रदान गरिएको छ भने इन्जा ग्रामीण पत्रकारिता पुरस्कार रेडियो समग्र १०७ सिरहा र सरिता चलाउनेलाई प्रदान गरिएको छ ।












