हुम्लामा भरूवा बन्दुकसहित वडा सदस्य पक्राउ

खबर बुक
  • ख-
  • ख+

१९ वैशाख, काठमाडौं । हुम्लाको खार्पुनाथ गाउँपालिका–४ बाट भरूवा बन्दुकसहित एक जना वडा सदस्य पक्राउ परेका छन् ।

६३ वर्षीय मक्कबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो ।

रोकाया खार्पुनाथ गाउँपालिकाका सदस्य एवं वडा सदस्य हुन् ।

भरूवा बन्दुक १ थान, फलामको रडको गोली १२ थान, ढुंगाको गोली ७ थानसहित उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

११० ग्राम बारूद शुद्व तौल ९० ग्राम रहेको स्टेन लल स्टिल नाम लेखेको चुक्कु १ थान लुकाइछिपाइ राखेको अवस्थामा फेला परेको डीएसपी शंकर खडकाले बताए ।

उनीबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्