रोनाल्डोकाे साउदी प्रो लिगमा अर्को ह्याट्रिक

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १४ फागुन ।  क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिगमा अर्को ह्याट्रिक गरेका छन ।

रोनाल्डोले हयाट्रिक गरे अल नासरले घरेलु टोली डेमाक एफसीलाई ३–० ले सजिलै पराजित गरयो । प्रिन्स सुल्तान विन अब्दुल्लाजिज स्पोर्ट्स सिटी स्टेडियममा अभामा शनिबार राति भएको खेलमा रोनाल्डोले पहिलो हाफमै ह्याट्रिक पूरा गरेका थिए । खेलको १८औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै अल नासरलाई सुरुवाती अग्रता दिलाए भने २३औं मिनेटमा रोनाल्डोले सुल्तान अल घनामको पासमा व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै अल नासरलाई २–० को अग्रता दिलाए । ४४औं मिनेटमा रोनाल्डोले अर्को गोल गर्दै हयाट्रिक गरे । उनको हयाट्रिकमा एमनको पासले भुमिका खेल्यो ।

रोनाल्डोले आफ्नो करिअरको ६२औं  तथा अल नासरका लागि दोस्रो तथा ह्याट्रिक पूरा गरेका हुन् ।  यस जितसँगै अल नासर १८ खेलबाट ४३ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्