चितवन–२ मा उम्मेदवार चयन गर्ने अधिकार देउवालाई

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १३ फागुन । नेपाली कांग्रेसले चितवन–२ मा हुने उपनिर्वाचनका लागि उम्मेदवार छान्ने अधिकार सभापति शेरबहादुर देउवालाई दिएको छ ।

शनिबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सभापित देउवालाई उम्मेदवार चयन गर्ने अधिकार दिएको हो । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार उपनिर्वाचनका लागि उम्मेदवार चयनको अधिकार सभापति देउवालाई दिएपछि दल दर्ता देखी अन्य कानुनी पाटो हेर्ने अधिकार आफुले पाएको उनले जानकारी दिए ।

चितवन–२ बाट निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नागरिकता मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि रिक्त सो स्थानमा १० वैशाखमा उपनिर्वाचन हुँदैछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्