चितवनको हात्तिसार नजिक इजरायली नागरिक मृत फेला

खबर बुक
  • ख-
  • ख+

चितवन, १३ फागुन । चितवनको रत्नगरमा एक जना इजरायली नागरिक मृत अवस्थामा फेला परेका छन् ।

मृतकको शव रत्ननगर नगरपालिका ६ स्थित हात्तीसार नजिकै फेला परेको हो । हात्तीसारदेखि दक्षिणतर्फको जंगलमा अन्दाजी  ३० वर्षे विदेशी पुरुष जंगली हात्तीको आक्रमणपछि मृत अवस्थामा फेला परे पछि इलाका प्रहरी कार्यालय, टाँडीबाट खटिएको अनुसन्धान टोलीले उनको साथबाट सवारी लाइसेन्स फेला पारेको छ ।

मृतक इजरायली नागरिक सामुएल बोइकानेर भएको प्रहरीले जनाएको छ । हात्तिको आक्रमणवाट उनको मृत्यु भएको हुन सक्ने भन्दै प्रहरीले अनुसन्धान बढाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्