सन्दीप लामिछानेले हालेको निवेदनमा सर्वोच्च अदालतमा सुनुवाइ जारी

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, फागुन १२ । विदेश जान लगाएको रोक हटाउन माग गर्दै सन्दीप लामिछानेले हालेको निवेदनबारे सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ ।

न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासमा सुनुवाइ सुरु भएको हो । उच्च अदालतले २८ पुसमा धरौटीमा छाड्न आदेश दिँदा उपत्यका छाड्न नपाइने लगायतका शर्त राखेको थियो ।

त्यही कारण लिग टूको त्रिकोणात्मक सिरिज खेल्न यूएई जान नपाउने भएपछि सन्दीप विदेश जान लगाएको रोक हटाउन माग गर्दै सर्वोच्च गएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्