प्रतिनिधि सभाको कार्यकाल सकिन ६ दिन बाँकी, राष्ट्रिय सभाले रोक्यो १० वटा विधेयक

खबर बुक
  • ख-
  • ख+

प्रतिनिधि सभाको ५ वर्षे कार्यकाल सकिन अब ६ दिन मात्रै बाँकी छ । योसँगै राष्ट्रिय सभाले उत्पत्ति गरेका १० वटा विधेयक भने अगाडि नबढ्ने भएका छन् ।

प्रतिनिधि सभामा यी विधेयक पठाउने हो भने प्रक्रिया पूरा गरेर राष्ट्रिय सभामै पठाउनुपर्छ । विधेयक उत्पत्ति भइसकेपछि अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले विषयगत मन्त्रीसँग प्रतिनिधि सभामा पठाउने वा के गर्ने भन्ने बारेमा छलफल गर्नुभएको थियो ।

सम्बन्धित मन्त्रीहरूले छोटो समय भएका कारण प्रक्रिया पूरा गरेर फिर्ता पठाउने निश्चित नभएको जवाफ दिएका छन् ।

अख्तियार दुरुपयोग, भ्रष्टाचार निवारण, विद्युत, सुरक्षण मुद्रण, खाद्य स्वच्छता, अभिलेख संरक्षण, सार्वजनिक सेवा प्रसारण, शपथ ग्रहण, अनुगमन तथा मूल्याङ्कन र प्रतिलिपी अधिकार पहिलो संशोधन सम्बन्धी विधेयक रोक्नुपरेको संसद सचिवालयका सह प्रवक्ता दशरथ धमलाले  बताउनुभयो ।

संसदको वर्षे अधिवेशन सुरु भएसँगै राष्ट्रिय सभाको बैठक ४० दिनमा ४५ पटक बसेको छ ।

सरकारले ल्याएका ८ वटा अध्यादेश बैठकबाट स्वीकृत भएका छन् भने राष्ट्रिय सूचना आयोगसहित १४ वटा संवैधानिक निकायका प्रतिवेदन पेश भए भने पेट्रोलिय पदार्थको मूल्य नियन्त्रणका सम्बन्धमा र सङ्घीयता कार्यानवयन सम्बन्धमा सार्वजनिक महत्वको प्रस्तावमा सङ्कल्प प्रस्ताव पनि राष्ट्रिय सभाले पारित गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्