प्रतिनिसभा बैठकमा प्रतिनिधिसभा नियमावली पेश गरिदैँ

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १० फागुन । संघीय संसद अन्तरगतको प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।

संसद् भवन नयाँ बानेश्वरमा १ बजे बस्ने बैठकमा ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९’ पेस गरिने सम्भावित कार्यसूची रहेको छ ।

संघीय संसद्का महासचिव भरतराज गौतमका अनुसार प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले उक्त प्रतिवेदन पेस गर्नेछन ।

त्यसैगरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ध्रुवबहादुर प्रधानले ‘सम्पत्ति शुद्धीकरण  निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९’ पनि संसद्मा पेस गर्ने कार्यसुचीमा उल्लेख छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्