गण्डक नहरमा हराइरहेका तीन जनाको शव फेला

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौ, फागुन ९ । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–२ हरकपुरमा रहेको गण्डक नहरमा हराइरहेका तीन जनाको शव फेला परेको छ ।

दुई जना छोरासहित बेपत्ता महिलाको शव सलले एकै ठाँउमा बाँधेको अवस्थामा नहरमा भेटिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब निरीक्षक विनोद सिलवालले जानकारी दिनुभयो । गण्डक नहरमा आज मदिउँसो नौ वर्षीय छोरा क्रिस र सात वर्षीय छोरा सुमितसहित आमा २९ वर्षकी प्रतिमा थारुले हाम फालेका थिए ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्