राष्ट्रपति उम्मेदवारबारे अहिलेनै आफु नबोल्ने : माधव नेपाल

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, फागुन ९ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राष्ट्रपति उम्मेदवारबारे अहिलेनै आफुले केही नबोल्ने बताउनु भएको छ ।

लुम्बिनी प्रदेशस्तरीय कार्यकर्ता भेलामा सहभागी हुन आज दाङ पुग्नु भएका नेपालले सञ्चारकर्मीहरुसँग कुराकानी गर्ने क्रममा राष्ट्रपतिबारे आफूले र आफ्नो पार्टीले अझै नसोचेको बताउनु भएको हो ।

तर उहाँले पावर सेयरिङमा भने आफ्नो पार्टीको पनि भूमिका हुनुपर्ने बताउनुभयो । अध्यक्ष नेपालले पावर सेयरिङमा हाम्रो पार्टीको भूमिका हुनुपर्ने र आफूहरुले अरुको निम्ति मात्र बलिदान दिन नसक्ने उल्लेख गर्नुभयो ।

नेपाल र ओलीबीच राष्ट्रपतिको उम्मेदवारबारे भेटवार्ता भएको र ओलीले नेपाललाई राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गर्नुभएको समाचार बाहिर आएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्