बौद्धमा ग्याल्पो ल्होसारको रौनक (फोटो फिचर)

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ९ फागुन । शेर्पा समुदायले मंगलबार ग्याल्पो ल्होसार पर्व मनाइरहेका छन् । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले ग्याल्बो ल्होसार पर्व मनाउने गरेका छन् ।

नयाँ वर्षका रुपमा शेर्पा समुदायले मंगलबार २१५०औँ ग्याल्बो ल्होसार पर्व मनाइरहेका हुन् । यसैक्रममा काठमाडौंको बौद्धनाथमा शेर्पा समुदायले हर्षाेल्लासका साथ ग्याल्पो ल्होसार पर्व मनाइरहेका छन् ।

ग्याल्बो ल्होसारको अवसरमा मंगलबार सरकारले सार्वजनिक बिदा दिएको छ ।
 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्