पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्धारा ग्याल्बो ल्होसारको उपलक्ष्यमा शुभकामना व्यक्त

खबर बुक
  • ख-
  • ख+

प्रधानमन्त्री प्रचणडले   नेपालीहरूको राष्ट्रिय पर्व ग्याल्बो ल्होसारको सुखद् उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका शेर्पा समुदाय लगायत आम नेपाली जनसमुदायमा सुख, शान्ति, समृद्धि, राष्ट्रिय एकता, सहकार्य एवं समृद्धिको  शुभकामना व्यक्त गर्नुभएकाे छ ।
विविधतामा एकतासहित सबै वर्ग, जाति, क्षेत्र, लिंग र समुदायको पहिचान र अधिकारलाई संरक्षण र प्रवद्र्धन गरेर मात्र राष्ट्रिय एकता सुदृढ गर्न सक्ने उहाले बताउनुभएकाे छ ।उहाले सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यसहित अगाडि बढेको वर्तमान सरकार आन्तरिक एकता सुदृढ गर्दै राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षा गर्न प्रतिवद्ध रहेकाे बताउनुभएकाे छ।
ग्याल्बो ल्होसारको ऐतिहासिक दिनले आन्तरिक राष्ट्रियता सुदृढ गर्दै आपसी सद्भाव, सहकार्य र एकतालाई थप मजबूत गर्नेछ भन्ने विश्वासका साथ शेर्पा समुदाय लगायत सम्पूर्ण जनसमुदायमा फेरि एकपटक हार्दिक शुभकामना व्यक्त गर्नुभएकाे छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्