त्रिभुवन विमानस्थल अध्यागमन विभागको सर्भरमा समस्या

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ८ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन विभागको इन्टरनेट नचल्दा नेपालबाट बाहिर जाने र आउने यात्रुहरू समस्यामा परेका छन् ।

अध्यागमनको सेवा बन्द हुँदा अन्तर्राष्ट्रियतर्फका उडान रोकिएपछि यात्रुहरू समस्यामा परेका हुन् ।

अध्यागमन विभागका निर्देशक कमलप्रसाद पाण्डेले इन्टरनेटमा समस्या आउँदा काम रोकिएको र सेवा सुरु गर्ने प्रयास भइरहेको बताउनुभयो ।

यसअघि पनि अध्यागमन विभागको सर्भरमा समस्या देखिँदा अन्तर्राष्ट्रियतर्फका उडान रोकिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्