सिट बाँडफाँटको टुंगो लगाउन सत्तारूढ गठबन्धनको बैठक जारी

खबर बुक
  • ख-
  • ख+

काठमाडौं :  आउँदो निर्वाचनका लागि सिट बाँडफाँटको टुंगो लगाउन सत्तारूढ गठबन्धनको बैठक बसिरहेको छ। बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ।

सिट बाँडफाँटका लागि बनेको कार्यदलका नेताहरूलाई राखेर गठबन्धनका शीर्ष नेता छलफलमा जुटेको बैठकमा सहभागी जसपा नेता मनिषकुमार सुमनले जानकारी दिए।

कार्यदलले यसअघि नै प्रतिवेदन बुझाइसकेको छ। तर, प्रतिवेदनमा सबै सहमति नजुटेकाले त्यसलाई अन्तिम रूप दिन शीर्ष नेताहरू नै अघि सर्नुपर्ने अवस्था आएको हो।

यसअघिका बैठकमा आ-आफ्नो पार्टीबाट दाबी मात्रै पेस गर्दा सहमति नभएको उल्लेख गर्दै यसपल्ट सम्झौता गर्न सकिने विन्दु तय गर्न भनिएको कार्यदलका ती सदस्यले बताए। उनका अनुसार केन्द्रमा केही कममा चित्त बुझाउने दललाई प्रदेशमा त्यही अनुपातमा बढाउन सकिनेगरी प्रस्ताव अघि सारिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्