जुम्लामा ग्यास लिक हुँदा एक घरमा आगलागी

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, फागुन ६ । जुम्लामा ग्यास लिक हुँदा एक घरमा आगलागी भएको छ । चन्दननाथ नगरपालिका ६ बसपार्कमा रहेको मेघराज न्यौपानेको घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी निरीक्षक तथा सूचना अधिकारी धर्मराज जोशीका अनुसार न्यौपानेको तीन तले घरको भुइँतलामा आगलागी हुँदा चार वटा कोठा, कोलिया र माथिल्लो तला जाने भर्‍याङमा क्षति पुगेको छ । यस्तै, आगलागी हुँदा दोस्रो र तेस्रो तलामा रहेका ५ जनाको उद्धार गरिएको छ । नयाँ बनिरहेको घरबाट भर्‍याङ लगाएर उनीहरुको उद्धार गरिएको निरीक्षक जोशीले बताउनुभयो ।

प्रहरी निरीक्षक जोशीका अनुसार घटनाको जानकारी भएपछि स्थानीय, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको हो । समयमै उद्धार हुँदा ठूलो क्षति हुनबाट जोगिएको उहाँको भनाइ छ ।

प्रहरीका अनुसार त्यस घरमा भाडामा बसेका नवराज खड्का खाना पकाउँदै गर्दा ग्यास चुहावटका कारण रेगुलेटरमा आगो सल्केर आगलागी भएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्