आज सेना दिवस, भब्यताका साथ मनाईदैँ

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ७ फागुन । नेपाली सेनाले आज सेना दिवस मनाउँदै छ ।

नेपाली सेना गठन गरेको उपलक्ष्यमा हरेक बर्ष महाशिवरात्रीका दिन सेना दिवस मनाउँदै आईएको छ ।  सो क्रममा सैनिक मञ्चमा बिशेष कार्यक्रमका साथ सेनाले सेना दिवस मनाउँछ । सो क्रममा सैनिक मञ्चमा झाँकी, घोडा दौड, सैनिक परेड, हतियारले सुसज्जित सबारी देखी हेलिकोप्टरवाट पुष्पबृष्टी पनि गरिने्छ । जहाँ राष्ट्रपति बिद्यादेवी भण्डारीको समुपस्थितिमा सैनिक मञ्च टुंडिखेलमा बिहान ११ बजे बिशेष प्रदर्शन गरिनेछ । जहाँ राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्याधिस, सभामुख, उपप्रधानमन्त्री, मन्त्रीहरु, संबैधानिक निकायका प्रमुख र सदस्यहरु तथा सरकारका उच्चअधिकारीहरुको उपस्थिति रहनेछन् ।

नेपाली सेनाको २६० औं दिवसलाई अझ भब्य रुपमा मनाउन भारतीय सेनाका पुर्व प्रमुखहरुलाई पनि निमन्त्रणा गरिएको छ, जो पहिलो पटक नेपाल आमन्त्रण गरिएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्