चुनाव खर्च नबुझाउने उम्मेदवारलाई कारबाही नगर्न सर्वोच्चको अन्तरिम आदेश

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, फागुन ४ । सर्वोच्च अदालतले निर्वाचन खर्च नबुझाएका सबै उम्मेदवारहरुमाथि तत्काल कारबाही अघि नबढाउन आदेश दिएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले दर्ता गर्नुभएको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलासले हिजो यस्तो आदेश दिएको हो ।

आज बिहीबार सार्वजनिक संवैधानिक इजलासको आदेशमा बालेन मात्र नभई खर्च विवरण नबुझाउने सबै उम्मेदवारलाई तत्काल कारबाही नगर्न आदेश दिएको लेखिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्