नेपालको खानेपानी अन्तराष्ट्रिय बजारमा बिक्रिबितरण गर्ने लक्ष्यका साथ अघि बढिरहेको छ : मन्त्री अब्दुल खान

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, फागुन ४ । खानेपानीमन्त्री अब्दुल खानले नेपालको खानेपानी अन्तराष्ट्रिय बजारमा बिक्रिबितरण गर्ने लक्ष्यका साथ अघि बढिरहेको बताउनुभएको छ ।

बिहीबार सिंहदरबारमा खानेपानी समस्या समाधानका लागि टोल फ्रि नम्बर सार्वजनिक गर्दै मन्त्री खानले मुलुकभर नै सर्वसुलभ रुपमा खानेपानी पुराएर अन्तराष्ट्रिय बजारमा समेत बिक्रिबितरण गर्ने लक्ष्यका साथ अघि बढिरहेको बताउनुभएको हो । उहाले खाडी मुलुकमा मात्रै नेपालको खानेपानी बिक्रि गर्न सके मुलुकको अर्थतन्त्रमा समेत सहयोग पुग्ने धारणा राख्नुभयो ।

सिंहदरबारमा खानेपानी पुराउने र कल सेन्टरको काम पुरा भएको भन्दै उहाले अव मन्त्रालयको ध्यान विमानस्थल, बसपार्क लगाएत सार्वजनिक स्थानमा धारा जडान गर्नेमा रहेको बताउनुभयो । उहाले जनताको घरको धारामा आउने पानीप्रति विश्वास बढाउनका लागि प्रधानमन्त्रीलाई नै धाराको पानी खुवाउने कार्यक्रम गर्न लागिएको बताउनुभयो । मन्त्री खानले अहिले पानीको व्यापार अनियन्त्रीत हुदै गएको र पानी माफिया तन्त्र देखिएकाले यसलाई नियन्त्रण गर्ने जिकिर गर्नुभयो ।

उहाले काठमाडौंको सुन्दरीजलमा नै सरकारले जार बोतल उत्पादन गर्ने उद्योगहरु स्थापना गर्न सकिने धारणा राख्नुभयो । मन्त्री खानले खानेपानी सम्बन्धी सम्पुर्ण गुनासो समस्या कल सेन्टरमार्फत राख्न सक्ने र सरकारले समाधान गर्ने प्रतिवद्धता जनाउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्