सांसद भण्डारीलाई श्री एयरलाइन्सको विमानबाट भारत लगिने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । खाना पकाउने ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लगिने भएको छ ।

आज दिउँसो २ बजे श्री एयरलाइन्सको विमानबाट उनलाई थप उपचारका लागि मुम्बईस्थित नेशनल बर्नस् सेन्टरमा लैजान लागेको हो ।

हाल कीर्तिपुरस्थित क्लिफ्ड एण्ड बर्न सेन्टरमा उपचाररत सांसद भण्डारीलाई थप उपचारका लागि चिकित्सकको टोलीसहित भारत लैजान लागिएको हो ।

गए राति खाना पकाउने सिलिन्डर विस्फोट हुँदा सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी घाइते भएका थिए । तर, बिहीबार बिहान उपचारकै क्रममा आमा हरिकलाको निधन भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्