काठमाडौं, ४ फागुन । पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल भारत प्रस्थान गर्नुभएकाे छ ।
एकीकृत समाजवादीका विदेश विभाग प्रमुखसमेत रहेका खनालले भारत भ्रमणका क्रममा त्यहाँका शीर्षनेतासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी लेनिनावादी) लिबरेसन पार्टीको ११ औं अखिल भारतीय महाधिवेशनमा विशेष अतिथिको रूपमा सहभागी हुन भारत प्रस्थान गर्नुभएका खनालले भारतीय कम्युनिष्ट, वामपन्थी र समाजवादीका शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम छ ।
बिहीबार खनालसँगै उहाकी श्रीमती रविलक्ष्मी चित्रकार, पार्टी उपाध्यक्ष प्रमेश हमाल र पार्टी विदेश विभाग सचिव डा. शंकर खतिवडा पनि भारत जानुभएकाे छ ।









